२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाल दिवसको अवसरमा स्वस्थ शिशु प्रतियोगिता : रेहान बने पहिलो



बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीले राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार ‘स्वस्थ शिशु’ प्रतियोगिता सम्पन्न गरेको छ । परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा बालबालिकाहरुको स्वस्थमा परीक्षण गरी उनीहरुलाई पुस्कृत गरिएको हो ।

प्रतियोगितामा भावना शाक्यका शिशु रेहान सिमाङ्गैडा प्रथम हुन सफल भए । यसैगरी स्यामु आले दोस्रो तथा आयांश तामाङ तेस्रोत हुन सफल भए । प्रतियोगितामा रियान्सी श्रेष्ठ, आराध्या श्रेष्ठ र आरान्या शाक्यलाई सान्त्वमा पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।

प्रतियोगितमा सहभागी बालबालिकाहरुको आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. प्रदिप शर्माले परीक्षण गरेका थिए । बालकालिकाहरुको उमेर, तौल, आहार, नाक, कान, घाँटी, आँखा, मुख लगायक हरेक अङ्गहरुको परीक्षण तथा स्वस्थताका आधारमा छनोट गरिएको उनले बताए ।

प्रतियोगितामा प्रदेशदेखि तेस्रो हुने बालबालिकाहरुलाई साइकल तथा सान्त्वना हुने ३ जनालाई आकर्षक खेलौना प्रदान गरिएको प्रतियोगताका संयोजक संगीता श्रेष्ठले जानकारी दिइन् । विभिन्न ठाउँका २५ जना बालबालिका सहभागी प्रतियोगितामा सबै अभिभावक तथा बालबालिकाहरुलाई प्रोत्साहनका लागि हात खाली नजाने विभिन्न उपहार प्रदान गरिएको उनले बताइन् ।

प्रतियोगिताको अवसमा बोल्दै डिष्ट्रिक ३२५ पी-२ का गभर्नर अर्जुनमान सैजुले सामाजिक क्रियाकलापमा सहभागी गराउँदै क्लबले आफूलाई क्रियाशिल बनाएकोप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बोल्दै एमजेएफ पुरुषेत्तममान प्रधानाङ्ग, पिएमजेएफ बालाराम भट्टराई, प्रमोद कसजु, क्लबका संस्थापक अध्यक्ष सरस्वती अमात्य तथा आसा अमात्य कसजू लगायतले क्लबलाई सामाजिक क्रियाकलपामा थप सक्रिय बनाउन सुझा दिए । क्लबका अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सिर्जना श्रेष्ठले गरेकी थिइन् भने प्रमुख सल्लाहकार यसोधा थैव, पूर्व अध्यक्ष तथा सल्लाहकार निलिमा शाक्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  ८ : ०४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले