९ आश्विन २०८०, मंगलबार | September 26, 2023

मोटरसाइकल दुर्घटनामा अनेरास्ववियुका दुई नेताको मृत्यु



काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजेतिर सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए। उनीहरूलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो।

खाडीचौरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र खाडीचौरतर्फ गइरहेको प्रदेश २-०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ६ : ४५ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा