२० मंसिर २०८२, शनिबार | December 6, 2025

भोली लुम्बिनीका दाङ, बाँके र बर्दियामा थारु समुदायलाई सार्वजनिक विदा, समुदायबाट राष्ट्रिय विदा माग



नेपालगन्ज । थारु समुदायको महत्वपूर्ण पर्व बड्का अटवारीका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशका ३ जिल्लाका थारु समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । भाद्र ३१ गते पर्ने बड्का अटवारी पर्वमा बाँके, दाङ र बर्दियाका अटवारी मान्ने समुदायलाई बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको गृहमन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अटवारी पर्वमा थारु समुदायलाई मात्र विदा दिइएकोमा केही थारु अगुवाहरुले आपक्ति जनाएका छन् । थारुले नमान्ने पर्वहरुमा राष्ट्रिय विदा दिने सरकारले थारु समुदायको पर्वमा थारुलाई मात्र विदा दिएर विभेद गरिएको उनीहरुले बताएका छन् । थारु समुदायलाई मात्र विदा दिँदा थारु विद्यार्थीहरुको कोर्ष छुट्ने भएकाले थारु पर्वमा पनि राष्ट्रिय विदा दिनुपर्ने उनीहरुको माग छ ।

थारु अगुवा बालिका चौधरीले इद, जितीया, ल्होछार, क्रिसमस जस्ता पर्वहरु थारुले नमानेपनि विदा दिईने तर थारुको पर्वमा थारुलाई मात्र विदा किन ? भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएकी छन् ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १० : ३७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति