१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लमजुङका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन



लमजुङ । लमजुङमा रहेको ८ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् ।

मध्यनेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे भदौ १२ गते तनहुँको शुक्ला गण्डकी नगरपालिकामा सरुवा भएका छन् ।

नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीका अनुसार हालसम्म प्रमुख प्रशासकीय अधिकृतमा आउने कर्मचारीको टुंगो लागेको छैन । प्रमुख प्रशासकीय अधिकृत नआउँदा विकास निर्माण तथा योजना प्रभावित बनेको उनले बताए। हाल स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेललाई निमित्त प्रमुख तोकिएको छ ।

बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल बाग्मती प्रदेश कार्यालयमा सरुवा भएका छन् ।

उनको ठाउँमा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयेललाई सरुवा गरिएको छ ।

सुयेललाई मन्त्रालयको पत्र प्राप्त भइसके पनि राइनास नगरपालिकाबाट रमना भने लिइसकेका छैनन् । राइनासमा उहाँको ठाउँमा जिल्ला समन्वय समिति नुवाकोटमा कार्यरत प्रकाशराज पौडेल आउने भएका छन् । बेंसीशहर नगरपालिकामा शिक्षा शाखा उपसचिव किसानराज चिलुवाललाई निमित्त दिइएको छ ।

क्व्होलासोथार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा माधवप्रसाद वाग्ले भदौ १९ गतेदेखि हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले नयाँ खटिएर आएका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यभार सम्हालिसकेको बताउनुभयो । दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पनि सरुवा हुने तयारीमा छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी हाल चीनमा रहेको र चीनबाट फर्किएपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा प्रक्रिया अघि बढ्ने स्रोतले बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही