९ आश्विन २०८०, मंगलबार | September 26, 2023

संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : उपाध्यक्ष पौडेल



धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिकाकै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताए ।

दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उनले भने, “यो संविधान निर्माणमा स्व नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने, संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएका सुवास आफ्नो कर्मका कारण सुवास छर्नमा सफलता पाउनुभएको व्यक्ति हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले संविधानको मर्मलाई गाउँ बस्तीमा हामीले पु¥याउन सकेका छौँ÷छैनौँ भन्नेमा सबैले गम्भीर हुने बेला आएको बताउँदै यसको पूर्णपालनातर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले संविधानसभाका अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा एकता, सहमति, मेलमिलाप र सहकार्य गर्न सक्ने नेता गुमाउनुपरेको बताए ।

एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक अध्यक्ष लोकराज अवस्थीलगायतका वक्ताले संविधान निर्माणका बेला स्व नेम्वाङले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ३९ बजे

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा

कर्णालीका राउटेलाई लुम्बिनीले दियो दशैँ खर्च

दाङ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

काठमाडौ । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ

अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अर्घाखाँची । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीमा