३ पुस २०८२, बिहिबार | December 19, 2025

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभा



बुटवल । प्रकृतीको विनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने बक्ताहरुले चुरे संरक्षण र संबिधानको रक्षा र त्यसले दिएका ब्यबस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराइ कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले संघीयताको बारेमा गलत भ्रम फैलाइएको भन्दै सकारात्मक सन्देश प्रबाह गर्नुपर्ने बताइन् । उनले प्रदेश खारेजी नभइ थप बलियो बनाएर जनतासंग पहुच बढाउनुपर्ने बताइन् ।

शान्ति समाजका हरेक गतिबिधि नजिकबाट हेरिरहेको भन्दै उनले मानव अधिकारका क्षेत्रमा समाज अगुवा रहेको बताइन् । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सभापति रामकृष्ण बरालले नया अभियान थालनी गर्ने तयारीमा रहेको बताए । उनले युवालाइ नेपालमै रोक्ने र राृेजगारी सिर्जना गर्ने बाताबरण सरकारले बनाउनुपर्ने बताए ।

केन्द्रिय समितिका निर्बतमान सभापतिएवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवालीको स्वागत एवं सचिब कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा समाजका बरिष्ठ उपसभापति कृष्ण रावल केन्द्रिय उपसभापति राजेन्द्र पौडेल ,राससका पूर्व अध्यष्क्ष डा बालकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी अध्यक्ष एवं समाजका पूर्व सभापति लालहरि पाण्डे,लेखक ऋषि आजाद,नेपाल पत्रकार महासंघ लुम्बिनी महासचिब बिक्रम खड्का पत्रकार महासंघ जिल्ला सभापति रामराज पोखरेल,उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी अध्यक्ष तेजकुमार पाठक, शान्ति समाज केन्द्रिय सचिब मिना ढकाल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतले बोल्दै समाजका सबै प्रकारका संघसंस्थासंग हातेमालो गरेर अभियान चलाउनुपर्ने बताए । साधारणसभामा अध्यक्ष भट्टराइ र कोषाध्यक्ष लिलाधर लुइटेलले पेश गरेको प्रतिबेदन पास गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ०३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको