९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्यो : प्रदेश प्रमुख शेरचन

प्रदेश प्रमुखको जलपान र शुभकामना कार्यक्रममा कुर्सी खाली



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके प्रदेश माथि प्रश्न नउठ्ने बताएका छन् । संबिधान दिवसको अवसरमा प्रदेश प्रमुखको सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्ने गरेको बताए ।

प्रदेशले जनचाहाना अनुसारको काम गर्न सके सरकार माथि प्रश्न नउठ्ने भएकाले देखिने गरी काम गर्न उनले प्रदेश सरकारलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेशले अन्य प्रदेशले भन्दा राम्रो काम गरेर अन्य प्रदेशले अनुसरण गर्ने गरी काम गर्नु पर्ने बताए । लामो संङघर्ष पछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै प्रदेश प्रमुख शेरचनले सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै हुने दाबी पनि गरे ।

प्रदेश प्रमुखले आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ति, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी सहित प्रदेश सरकारका केही मन्त्रीहरुको उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदानमा प्रदेश सभा सदस्यहरुकालागि राखिएको प्राय सबै कुर्सी खाली थिए भने बुटवलमा आमन्त्रण गरिएका धेरै संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थिएन । पहिलो पटक प्रदेश प्रमुखको शुभकामना आदान प्रदान खल्लो महसुस भएको कार्यक्रममा सहभागी एकजनाले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : २७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा