१४ असार २०८३, आइतबार | June 28, 2026

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।

प्रदेश प्रमुख शेरचनले राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गरे । कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए ।

कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए ।

विगतमा संविधानको अक्षरसः पालना नहुँदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ४ : ५१ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक