२१ माघ २०८२, बुधबार | February 5, 2026

बाल सुधार गृहबाट भागेका २५४ मध्य २४५ नियन्त्रणमा ९ जना अझै बेपत्ता



नेपालगन्ज । एकजनाको ज्यान जानेगरि बाँकेको बल सुधार गृहमा भएको झडप पछि भागेका २५४ बालबन्दीहरु मध्य २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ ।

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा गयरातभरी भएको झडपपछि २५४ जना बालबन्दीहरु सुधारगृहबाट भागेका थिए ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए । बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

झडपका क्रममा ११ जना गम्भीर घाइते भएकोमाएक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

झडपमा घाइते भएका कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको थियो । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । बालसुधार गृहमा पोशाक र हतियार सहितको प्रहरी तैनाथी नरहने प्रहरीले जनाएको छ । सुधार गृह संचालन गर्ने संस्थाको ब्यवस्थापनमा सिमित सिभिलमा प्रहरी मात्र खटिने गरेको प्रहरीको भनाई छ ।

सुधारगृमा राखिएका लागु औषध सेवनको कुलतमा फँसेका र लागु औषध सेवन नगर्ने किशोरहरुबीच विवाद बढ्दै जाँदा झडपको स्थिती आएको बताईएको छ ।

गत वर्षको माघ २६ गते पनि बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको थियो । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ४० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता