२९ भदौ २०८३, सोमबार | September 15, 2026

बालसुधार गृहमा झडप र आगजनी, स्थिती तनावग्रस्त



नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा मध्यरातीबाट सुरु भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यराती १२ बजेबाट सुरु भएको झडप आज अपरान्ह मात्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालबन्दी बीचको झडपमा २० जना बढी घाइते भएका छने भने सुधारकेन्द्रभित्र आगजनी भएको छ । बालबन्दीहरुले आफु बस्ने लत्ता कपडा भाँडाकुडा र फर्निचर आगजनी गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । घाइते २० जना बढीको नर्सिङहोम नेपालगन्जमा उपचार भइहेको छ ।

प्रहरीका अनुसार, बालसुधार गृहमा राती ११ बजेतिर बिबाद सुरु भएको र मध्यराती १२ बजेबाट दुइपक्षबीच झडप भएको हो । बालबन्दीहरुले सुधारगृहको तल्लो तला आगजनी गरेर ध्वस्त बनाएको बाँकेका प्रहरी प्रवक्ता दीपक पतालीले बताए । उनले बिहानैबाट भवन भित्रबाट प्रहरीमाथि आक्रमण भएको जनाउँदै उनीहरु थाकेपछि मात्र प्रहरी भवन भित्र पसेर नियन्त्रणमा लिएको बताए । ‘उनीहरुकै ढुँगामुढाबाट कतिपय बालबन्दी घाइते भएका छन् भने, कतिपय भागेका छन्,’ उनले भने, ‘भागेकाहरुको तथ्यांक निकाल्दै छौं ।’

बाल सुधार गृहमा २ सय ५० बढी बालबन्दी रहेका छन् । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बतार्ए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दा सम्म भन्दै बसाउँदा सधै लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : १६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ