२१ माघ २०८२, बुधबार | February 5, 2026

बाल सुधार गृहका बालबन्दीले प्रहरीको पेस्तोल खोसे



नेपालगन्ज । बाँकेको जयेन्दु बाल सुधार गृहमा आजपनि दिनभरी झडप र तोडफोड चलिरहेको छ । बालबन्दीलाई सम्झाउन भन्दै बालगृहमा प्रवेश गरेका प्रहरी सहायक निरीक्षकको पेस्तोल बालबन्दीहरुले कब्जा गरेको स्रोतले दाबी गरेको छ ।

बिहीवार राती १० बजेदेखि नै आपसमा भएको झडपपछि तोडफोड र आगजनीमा उत्रिएका बालबन्दीले प्रहरीको मोटरसाइकल, कागजपत्र जलाउनुका साथै आज पेस्तोल नै कब्जामा लिएको स्रोतको दाबी छ ।

लगातार तोडफोडमा उत्रिएका बालबन्दीलाई सम्झाएर वार्तामा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तोडफोड गरिएको भवनका बालबन्दी आज अपरान्ह प्रहरीसँग वार्ताका लागि बाहिर आएका छन् । दुईवटा भवनमा रहेका बालबन्दीहरु मध्य एउटा भवनमा रहेकाहरुमात्र तोडफोडमा उत्रिएका थिए । अर्को भवनका बालबन्दी शान्त रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले बाल सुधार गृह परिसरभित्र पसेर माइकबाट सम्झाएपछि दुई जना नाइके तल झरेको बताइएको छ ।

दुई पक्षको झडप, तोडफोड, आगजनी, भागाभागले गर्दा रातभरी नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुधार गृहबाट बाहिरिएका ४ जना बाहेक सबै प्रहरी नियन्त्रणमा आइसकेका छन् ।

आज मध्यान्ह सम्मपनि स्थिती काबुमा नआएपछि लुम्बिनी प्रदेशका डिआइजी उमेशराज जोशी र लुम्बिनी ट्राफिकका एसपी कृष्णप्रसाद प्रसाई नेपालग आएका छन् ।

झडपमा ११ जना घाइते भएकोमा एक जनाको मृत्यु भएको छ । १० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता