१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् ।

यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उनले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिको सहभागिता थियो ।

दसैँ, तिहार र छठ पर्वमा राजधानी काठमाडौँबाट बर्सेनि १० लाख यात्रु बाहिरिने गरेका छन् । मन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिए । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सुरक्षित गन्तव्यस्थल पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले भने, ‘बर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडक तत्काल सुधार गर्नुहोस् ।” उनले राज्यका अन्य निकाय र मन्त्रालयसँग सहकार्य गरी निरीक्षण गर्ने बताए ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता व्यक्त गरे ।

ट्राफिक महाशाखाका प्रतिनिधिले सडक व्यवस्थापनका लागि आफूले कुनै कसरत बाँकी नराख्ने बताए । यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधिहरूले सडक छेउका होटलले यात्रुहरूलाई दूषित खाना खुवाउने र त्यसको चर्को मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ४४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले