८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

एनआईसी एशिया बैङ्कको वार्षिक साधारण सभा आश्विन २८ मा



काठमाडौँ । एनआई सी एशियाले २६औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते गर्ने भएको छ । काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा गर्ने बैङ्कले जनाएको छ ।

साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर रू ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६० र १।५२६३ प्रतिशत नगद लाभांश रू १७ करोड ६५ लाख ३ हजार २ सय ४०० लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १२ : ०८ बजे

प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, एउटा घडेरी, ५ तोला सुन

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौंमा राप्रपाको मोटरसाइकल ऱ्याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको

बाँकेमा हुरीबतास र असीनापानीले विद्युत् आपूर्ति प्रभावित, ठुलो परिमाणमा कृषि उत्पादन नष्ट

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको

योगेशको टिप्पणी – संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो

काठमाडौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न

४६ वर्षमा पूरा नभएको लुम्बिनीको गुरुयोजना कहिले होला सम्पन्न ?

बुटवल । आज भन्दा ५७ वर्ष अगाडिसम्म गौतम बुद्ध लुम्बिनीमा