२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एनआईसी एशिया बैङ्कको वार्षिक साधारण सभा आश्विन २८ मा



काठमाडौँ । एनआई सी एशियाले २६औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते गर्ने भएको छ । काठमाडौँको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा गर्ने बैङ्कले जनाएको छ ।

साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

साथै गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर रू ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६० र १।५२६३ प्रतिशत नगद लाभांश रू १७ करोड ६५ लाख ३ हजार २ सय ४०० लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैङ्कको प्रबन्ध पत्र र नियमावलीमा समसामयिक संशोधन÷थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १२ : ०८ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन