४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ।
अमेरिकाको न्यूयोर्कबाट शनिबार बिहान चीन पुगेका प्रधानमन्त्री प्रचण्डको हाङ्जाओमा राष्ट्रपति सीसँग भेट भएको हो ।

राष्ट्रपति सी ले आयोजना गरेको दिवाभोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री र सीबीच भेट छोटो भेट भएको हो । सीसँग औपचारिक द्विपक्षीय भेटवार्ता भने अपारान्ह ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटवार्तापछि प्रधानमन्त्री हाङ्जाओमा आजैबाट सुरु हुन लागेको १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड हाङ्जाओबाट भोलि राजधानी बेइजिङ जाने कार्यक्रम रहेको छ । बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग उनले द्विपक्षीय वार्ता गर्नेछन्। यसैगरी उनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासले रात्री भोजको आयोजना हुनेछ । बेइजिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

बेइजिङबाट प्रधानमन्त्री प्रचण्ड २६ सेप्टेम्बरमा चीनको चोङछिङ पुग्नेछन् । उनले त्यहाँ कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नेछन् । त्यसपछि उनी तिब्बत स्वशासित क्षेत्रको ल्हासाको भ्रमण गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ४० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म