१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको कैलाश पर्वत र मानसरोवरको भ्रमण गरेका छन् ।

ल्हासाबाट कैलाश मानसरोवर पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ आफ्नो एकल फोटो पनि खिचाएका छन् ।

कैलाश मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीहरुको अति पवित्र स्थल मानिन्छन् । भगवान शिवको बस्ने घर नै कैलाश पर्वत भएको विश्वासमा हिन्दुहरुले कैलाश पर्वतको दर्शन गर्न लालायित हुन्छन् ।

संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्डले एकवर्षको बीचमा शिवसँग सम्बद्ध भारत, नेपाल र चीनका तीन अति पवित्रस्थलहरुको भ्रमण गरेका छन् ।

भारत भ्रमणका क्रममा उज्ज्जेनस्थित महाकालेश्वर मन्दिरको दर्शन गरेका प्रचण्डले केही समयअघि पशुपतिनाथको पनि दर्शन गरेका थिए । अहिले उनले कैलाश पर्वतको दर्शन गरेर धार्मिक रुपमा पनि अति पवित्र तीर्थस्थलहरुको भ्रमण चक्र पुरा गरेका छन् ।

तस्वीर: रासस

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  २ : ०७ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका