६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट २८७ जना प्रहरी जवान दिक्षित



बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबार प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दिक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितीमा २८७ जना जवानहरुलाई दिक्षित गरिएको हो ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न निर्देशन दिए । पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै उनले सोही अनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जित गरि उत्कृष्टता हासिल गर्न निर्देशन गरे ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको प्राङ्गणमा भएको कार्यक्रममा दिक्षित जवानहरुलाई कार्य सफलताको कामना गर्दै मर्यादित भएर लाग्न आग्रह गरे । तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरे घिमिरेले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न आग्रह गरे ।

दिक्षान्त समारोहमा तालिममा सहभागी भई सर्वोउत्कृष्ट बन्न सफल प्रहरी जवान प्रकाश बैजाली मगर,  दोस्रो बनेका विनोद आचार्य र तेस्रो स्थान हासिल गर्ने सिर्जना थापालाई सम्मान गरिएको थियो । यसैगरी तालिममा प्रशिक्षको भूमिकामा रही कुशलतापूर्वक कार्य सम्पादन गरेको भनि प्रहरी निरीक्षक निरवहादुर बानिया, प्रहरी सहायक निरीक्षक सविना भट्टराई, प्रहरी हवल्दार भिम बहादुर दर्लामी तथा प्रहरी हिमाल पुनलाई सम्मान गरिएको थियो ।

२३४ दिनसम्म सम्म सञ्चालन हुने प्रहरीको आधारभूत तालिममा १३१ जना जवानले पहिलो श्रेणी, १५३ जवानले दोस्रो तथा ३ जनाले तेस्रो श्रेणी हासिल गरेका थिए ।

फोटो फिचर 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : १३ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर