२५ माघ २०८२, आइतबार | February 8, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आईतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काउन्टरको शुभारम्भ गरे ।

विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको छ । अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मन्त्री खनालले प्रदेशको गहँनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमिकतामा राखेको बताए । उनले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिए ।

अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारे लिखित जानकारी गराउन निर्देशन दिँदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा समस्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्तिले धेरै काम गर्नु पर्ने भएको गुनासो गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सरकारको अस्पताल सञ्चालन सम्बन्धी कार्यविधिमाथि टिप्पणी गर्दै श्रेष्ठले ५ सय सैय्याको अस्पतालका लागि १६ सय जनशक्ति आवश्यक पर्नेमा ७ सय सैय्याको लुम्बिनी प्रादेशिक अस्पतालमा ७ सय जनशक्तिले काम चलाउनु परेको गुनासो गरे । यसैगरी २ सय सैय्या क्षमताको अस्पताललाई प्रदेश सरकारले नियमन गर्ने भनिए पनि पाँचसय सैय्याको क्षमताभन्दा माथिका अस्पताललाई प्रदेश सरकारले हेर्नू परेको भन्दै त्यसको व्यवस्थापन बारे छलफल चलाउन आवश्यक रहेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न आउने बिरामीको लागि सहज भएको बताए । उनले अब केही समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताए । डा. थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा, बर्थिड सेन्टर, निसन्तान किल्निक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताए ।

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले अस्पतालको बिकास र सेवाको लागि सबैको ध्यान जान जरुरी रहेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तारसँगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ०२ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको