५ पुस २०८२, शनिबार | December 20, 2025

रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सको ट्वीन क्लब गठन



बुटवल । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले २ वटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसंग संयुक्त रुपमा ट्वीन गठन गरेको क्लबका संस्थापक अध्यक्ष विमल ढकालले जानकारी दिए ।

डी आर आर रोशन कार्की, डी आर आर इलेक्ट विक्रम क्षेत्रीको उपस्थितीमा स्टार्सका संस्थापक अध्यक्ष विमल ढकाल, पुर्व अध्यक्ष कुक्ति भण्डारी र वर्तमान अध्यक्ष जय भण्डारीले संयुक्त हस्ताक्षर गरी ट्वीन गठन गरिएको हो ।

उक्त कार्यक्रमबाट क्लबको संयुक्त कार्यको सुरुवात भएको अध्यक्ष जय भण्डारीले बताए । उनले अन्य २ क्लबसंगको सहकार्य ले क्लब झनै बलियो हुने बताए । संस्थापक अध्यक्ष ढकालले क्लबले अघि सारेको ट्वीन कार्यक्रम फलदायी हुने भन्दै यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा क्लबका प्रेसिडेन्ट नोमिनी सरोज पाण्डे, सचिव गौरव पाण्डे, कोषाध्यक्ष नारायण अधिकारी, सदस्यहरु विश्वास घिमिरे, लक्ष्मण कुर्मी, प्रकाश भण्डारी, रीता थापा, सुर्य नेपाली साथै अन्य क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ३३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ