१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

मिस डाइमण्ड नेपाल २०२३ को फाईनल असोज १५ गते



बुटवल । साहसी कदम नेपालको आयोजनामा बुटवलमा मिस डाइमण्ड नेपाल २०२३ हुने भएको छ । चौथो संस्करणको रुपमा आयोजना हुन लागेको यो प्रतियोगितामा देशभरबाट यौनिक तथा लैगिङ्ग अल्पसंख्य समुदायबाट ११ जनाले अन्तिम प्रतिष्पर्धा गर्ने भएका हुन ।

साहसी कदम नेपालका अध्यक्ष तथा अभियन्ता आनिक राना मगरका अनुसार यहि असोज १५ गते अन्तिम फाईनल प्रतियोगिता हुने छ । जसको तयारी स्वरुप कुल २१ जना आवेदकबाट छानिएका ११ जनालाई अहिले क्लोज क्याम्पमा राखेर प्रतिष्पर्धा गराईरहेको छ ।

सन् २०१६, २०२१, २०२२ मा गरी तिन पटक सम्म मिस डाइमण्ड प्रतियोगिता सफलतापुर्ववक सम्पन्न गरी करिब ५ वर्षको अन्तराल पछि पुनः यो सौन्र्दयसम्बन्धी प्रतियोगिता आयोजना गर्न लागिएको मिस डाइमण्ड २०१६ का विजेता तथा म्यानेजिङ्ग डाईरेक्टर रेशम न्यौपानेले जानकारी दिए । उनका अनुसार क्लोज क्यापमा छानिएका ११ जना लाई विभिन्न ६ वटा विधामा तालिम प्रदान गरी अन्तिम प्रतिस्पर्धा उत्कृष्टलाई नगद पुरस्कार सहित क्राउन समेत प्रदान गरिनेछ ।

सन् २०१६ मा आयोजना गरिएको मिस डाइमण्डको उपाधी रेशम न्यौपाने९रेस्मा डार्लिङ्ग०ले जितेका थिए भने सन् २०२१ को सरोजी न्यौपाने, २०२२ को प्रनेशा थापाले उपाधी जितेका थिए ।

प्रतियोगिताको तिलोत्तमा नगरपालिका, बुटवल उपमहानरपालिकाले सहित अन्य सहयोगी दाताहरुले सहयोग गरेका छन् भने मुख्य प्रयोजनक लांघाली ब्युटी पार्लर रहेको छ । विजेताले २० हजार, १५ हजार, ५, ५ हजार नगद सहित विभिन्न विधामा उपाधी प्राप्त गर्ने छन् ।

साहसी कदम नेपालका अध्यक्ष आनिक रानाका अनुसार ‘सिंगल बट स्ट्रोङ्ग’ भन्ने नाराका साथ यो प्रतियोगिता गरिएको हो । यौनिक तथा लैंगीङ्गक अल्पसंख्यकहरुको सामाजिक पहिचान स्थापना गर्ने उदेश्यका साथ आगामी दिनमा पनि प्रतियोगिता आयोजना गरीने उनले जानकारी दिईन । बुधबार आयोजना गरिएको कन्टेन्सष्ट रिलिज तथा अफिसियल प्रेस मिट कार्यक्रममा अग्रज गायीका देवीका बन्धनाले प्रतियोगीहरुलाई सफलताको शुभकामना समेत दिएकी थिईन ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : ४७ बजे

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५