२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको कैलाश पर्वत र मानसरोवरको भ्रमण गरेका छन् ।

ल्हासाबाट कैलाश मानसरोवर पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ आफ्नो एकल फोटो पनि खिचाएका छन् ।

कैलाश मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीहरुको अति पवित्र स्थल मानिन्छन् । भगवान शिवको बस्ने घर नै कैलाश पर्वत भएको विश्वासमा हिन्दुहरुले कैलाश पर्वतको दर्शन गर्न लालायित हुन्छन् ।

संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्डले एकवर्षको बीचमा शिवसँग सम्बद्ध भारत, नेपाल र चीनका तीन अति पवित्रस्थलहरुको भ्रमण गरेका छन् ।

भारत भ्रमणका क्रममा उज्ज्जेनस्थित महाकालेश्वर मन्दिरको दर्शन गरेका प्रचण्डले केही समयअघि पशुपतिनाथको पनि दर्शन गरेका थिए । अहिले उनले कैलाश पर्वतको दर्शन गरेर धार्मिक रुपमा पनि अति पवित्र तीर्थस्थलहरुको भ्रमण चक्र पुरा गरेका छन् ।

तस्वीर: रासस

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  २ : ०७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती