९ चैत्र २०८२, सोमबार | March 23, 2026

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री प्रचण्ड



कैलाश मानसरोवर (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका थिए । सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले हिन्दू तीर्थयात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताए ।

उनले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिए ।

हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गरेको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ ।

उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटरमात्रै टाढा रहेको छ । नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ ।

कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो । कैलाशपति महादेव तथा देवी–देवताहरूले मानसरोवर तालमा स्नान गर्ने गरेको वैदिक सनातन मान्यता पनि पाइन्छ । यस तालमा अहिले नुहाउन भने प्रतिबन्ध गरिएको छ ।

चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्लातर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकहरूलाई सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दूरी तथा भिसालगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुनेछ ।

यसबाट ठूलो जनसङ्ख्या भएको भारतका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूलाई पनि निकै सहज हुने र नेपालका लागि पर्यटकीय हिसाबले राम्रो हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड आजै ल्हासाबाट तिब्बत एयरलाइन्सको उडानमार्फत यहाँ आएका हुन् । उनी भोलि बिहान चीनको छन्दु जाँदै छन् । उनका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदाश बैरागी, मुख्यसचिव डा बैकुण्ठ आर्याललगायत सचिवहरू र भ्रमण दलका अन्य सदस्य छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १० : ४७ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा