६ श्रावण २०८३, बुधबार | July 22, 2026

बागलुङमा दोवाको निउरो



बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ ।

बागलुङ बजारका तरकारी व्यापारी शङ्कर रेग्मीले लेकाली निउरोको व्यापार तीन वर्षदेखि गर्न थालेको बताउँछन्। सिजनमा उनले लाखौँको निउरोको कारोबार गर्दै आएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निउरो म्याग्दी सदरमुकाम बेनीबजार पुगेर निउरो सङ्कलनकर्ताबाट खरिद गरी बागलुङ ल्याउने गरेको उनले बताए । उनका अनुसार जिल्लाका जङ्गलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ । जिल्लामा दोवको निउरोको उच्च माग भएकाले निउरोको व्यापार गर्न थालेको रेग्मीको भनाइ थियो ।

निउरोको सिजन भएकाले अहिले अन्य तरकारीभन्दा व्यापार बढी हुने गरेको उनले बताए । “अघिल्लो दिनमा दोवाको जङ्गलमा निउरो सङ्कलन हुन्छ, त्यही मुठा पारिन्छ, भोलिपल्ट बिहानमात्रै बेनीबजार आउँछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफैँ गर्दछु”, रेग्मीले भने, “यो सिजनको व्यापार हो, साविक धवलागिरिका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपत हुने गरेको छ । अहिले चितवनलगायतका जिल्लाबाट समेत बागलुङमा निउरो आयात भइरहेको छ । तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ ।”

रेग्मीले होलसेल मूल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्री गर्दै आएका छन्। अहिले दोवाको निउरो होलसेल प्रतिमुठा रू ६५ र खुद्रा प्रतिमुठा ८० मा बिक्री हुँदै आएको उनले बताउनुभयो । दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सिर्जना भएको रेग्मीको भनाइ थियो ।

तीन वर्षयता निउरो खरिद गरेर त्यहाँका सङ्कलकलाई रू आठ लाख रकम भुक्तानी गरिसकेको उहाँले जानकारी दिए । रेग्मीले अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँका स्थानीय मायाकुमारी पुन र शर्मिला पुर्जासहित स्थानीय महिलाद्वारा सङ्कलित निउरोको बजारीकरण गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका मायाकुमारी पुनले जङ्गलमा पाइने निउरो सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएको बताए । “म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनीबजारमा निउरोको माग छैन । अहिले बागलुङ बजारमा माग उच्च छ”, उनले भने, “सिजनको व्यापार हो, निउरो सङ्कलन गर्न जङ्गलमा जानु कष्टकर नै छ, तर यहाँका महिलालाई परिवार पाल्न सहज भएको छ, निउरोको व्यापारले आयआर्जनमा सघाएको छ ।”

दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएको भन्दै पुनले म्याग्दीमा बिक्री नगरी बागलुङ पठाउने गरेको बताए । अन्नपूर्ण–१ का निउरो सङ्कलनकर्ता शर्मिला पुर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताए । “म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मूल्य पाइन्छ, होलसेलमै प्रतिमुठा रू ६० सम्ममा बिक्री हुन्छ”, उनले भने, “दिनभरि जङ्गलमा टिपेको निउरो मुठा पारेर भोलिपल्ट मात्रै बेनीबजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार पठाउँदै आएका छौँ । निउरो टिप्न जङ्गल प्रयोग गरेवापत केही राजस्व वन उपभोक्ता समितिलाई तिर्नेछौँ ।”

एउटा मुठामा रू १० देखि १५ नाफामा उपभोक्तालाई बिक्री गरिरहेको पुर्जाको भनाइ थियो । निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मी बताउँछन् । वनजङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादीको प्रयोग भएको हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’लगायतका पोषकतत्व पाइन्छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ०४ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा