३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवल उद्योग वाणिज्य संघको निर्वाचनमा हरि अर्यालले गरे समावेशी प्यानलको घोषणा

संस्थापनतर्फ खुलिसकेकालाई पनि अर्यालले बनाए उम्मेदवार



बुटवल । संस्थापन पक्षले उम्मेदवारी घोषणा गरेको भोलिपल्ट बुटवल उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अर्को प्यानललेपनि उम्मेदवारी घोषणा गरेको छ । संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा समावेशी प्यानल नाम दिइएको समुहको आज उम्मेदवारी घोषणा गरिएको हो ।

अर्यालको अध्यक्षतामा घोषणा गरिएका उम्मेदवारहरुमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेको नाम घोषणा गरिएपनि यस अघि संस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिएका गैरे आजको कार्यक्रममा अनुपस्थित रहे । अर्याल समुहले उद्योग उपाध्यक्षमा सुरज भट्टराईलाई प्रस्ताव गरेको छ । वाणिज्य तर्फको उपाध्यक्षमा पनि संस्थापनले उम्मेदवार बनाएका बिमलराज भट्टराईको नाम सो समुहले प्रस्ताव गरेको छ । भट्टराई यस अघि नै संस्थापन प्यानलमा खुलिसकेका छन् । अर्यालले महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्षमा बसन्त प्रसाद ढकाल, सचिवमा भेषराज गैरे तथा सह-कोषाध्यक्षमा धनाकुमारी खनाल रहने गरी उमेद्वारी घोषणा गरेका छन् ।

हिजो संस्थापन पक्षको घोषणा सभामा उपस्थित रहेका पूर्व अध्यक्षहरु महेशमान सिंह र खेम हमाल आजको घोषणा सभामा पनि उपस्थित रहेका थिए ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार अर्यालले आफ्नो प्रतिवद्धता प्रस्तुत गर्दै बुटवललाई पहिलेकै अवस्थामा फर्काएर आर्थिक शहरको रुपमा बिकास गरिने उल्लेख गरे।

उनले मुख्य बजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई उपमहानगर, वार्ड समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्ने, बुटबलको घट्दो व्यापारलाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले लिँदै आएको ब्यवसाय करको दर घटाउन प्रयत्न गर्ने, सहरी सौन्दर्यका लागि बजार क्षेत्र भित्रका कालोपत्रे सडकहरूमा जेब्राक्रसिङ, सडकको सेन्टर लाइनमा एल्लो लाइन लगाई सड़क आकर्षक बनाउन प्रयत्न गर्ने, २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण उपमहानगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने लगायतको प्रतिबद्धता ब्यक्त गरे ।

घोषणा कार्यक्रमसहित पत्रकारसँग अन्तरक्रिया गरेका अर्याललाई पत्रकारहरुले सो समुहको प्रतिबद्धतामा उद्योगी ब्यापारीको एजेण्डा आउन नसकेको भन्दै ब्यवसायिक एजेण्डा थप गर्न सुझाएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको