२३ चैत्र २०८२, सोमबार | April 6, 2026

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?



मुम्बइ । बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै छ । फिल्म रिलिज भएको २३ दिन भैसकेको छ र छिट्टै ६०० करोड क्लबमा सामेल हुन लागेको छ ।

जवानले पहिलो र दोस्रो हप्तामा बम्पर कमाई गरेको छ, जसका कारण यो छिट्टै ५०० करोड क्लबमा सामेल भएको थियो तर तेस्रो हप्तादेखि जवानको कमाईमा केही कमी आएको छ । यद्यपि, यो सप्ताहन्तमा जवान ६०० करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ। चलचित्रको २३ औं दिनको कलेक्शन सार्वजनिक भएको छ । शाहरुखका जवानले कति कमायो त ?

जवानले विश्वभर १ हजार करोड रुपैयाँ कमाएको छ । शाहरुख खानलाई विश्वभर निकै रुचाइएको छ । विशेष कुरा के छ भने शाहरुख जवानमा डबल रोलमा देखिएका छन् । यति मात्र होइन, फिल्ममा शाहरुख ५ फरक अवतारमा देखिएका छन्, जसका कारण उनलाई बढी रुचाइएको छ ।

यो हप्ताको सुरुदेखि नै शाहरुख खानको जवानको सुई एक ठाउँमा अड्किएको छ । जवानले दैनिक करिब ५ करोड रुपैयाँ संकलन गरिरहेका छन् । फिल्मले सोमबार ५.४ करोड, मंगलबार ४.९ करोड, बुधबार ४.८५ करोड, बिहिबार ५.९७ करोड र शुक्रबार ५.२५ करोड कलेक्सन गरेको सकनिल्कको रिपोर्टमा उल्लेख छ । जस पछि कुल संकलन ५८७.१५ करोड भएको छ । फिल्मको कलेक्सन ५ करोडभन्दा माथि जान सकेको छैन ।

निर्देशक एटलीले जवान बाट बलिउडमा डेब्यू गरेका हुन् । उनले जवानमा साउथको मसाला ल्याए, त्यसपछि यो फिल्म ब्लकबस्टर भयो । एट्लीको कामको सबैले प्रशंसा गरिरहेका छन् । यसका साथै दक्षिणमा पनि जवानले धेरै माया पाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : ५२ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का