४ पुस २०८२, शुक्रबार | December 20, 2025

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?



मुम्बइ । बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै छ । फिल्म रिलिज भएको २३ दिन भैसकेको छ र छिट्टै ६०० करोड क्लबमा सामेल हुन लागेको छ ।

जवानले पहिलो र दोस्रो हप्तामा बम्पर कमाई गरेको छ, जसका कारण यो छिट्टै ५०० करोड क्लबमा सामेल भएको थियो तर तेस्रो हप्तादेखि जवानको कमाईमा केही कमी आएको छ । यद्यपि, यो सप्ताहन्तमा जवान ६०० करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ। चलचित्रको २३ औं दिनको कलेक्शन सार्वजनिक भएको छ । शाहरुखका जवानले कति कमायो त ?

जवानले विश्वभर १ हजार करोड रुपैयाँ कमाएको छ । शाहरुख खानलाई विश्वभर निकै रुचाइएको छ । विशेष कुरा के छ भने शाहरुख जवानमा डबल रोलमा देखिएका छन् । यति मात्र होइन, फिल्ममा शाहरुख ५ फरक अवतारमा देखिएका छन्, जसका कारण उनलाई बढी रुचाइएको छ ।

यो हप्ताको सुरुदेखि नै शाहरुख खानको जवानको सुई एक ठाउँमा अड्किएको छ । जवानले दैनिक करिब ५ करोड रुपैयाँ संकलन गरिरहेका छन् । फिल्मले सोमबार ५.४ करोड, मंगलबार ४.९ करोड, बुधबार ४.८५ करोड, बिहिबार ५.९७ करोड र शुक्रबार ५.२५ करोड कलेक्सन गरेको सकनिल्कको रिपोर्टमा उल्लेख छ । जस पछि कुल संकलन ५८७.१५ करोड भएको छ । फिल्मको कलेक्सन ५ करोडभन्दा माथि जान सकेको छैन ।

निर्देशक एटलीले जवान बाट बलिउडमा डेब्यू गरेका हुन् । उनले जवानमा साउथको मसाला ल्याए, त्यसपछि यो फिल्म ब्लकबस्टर भयो । एट्लीको कामको सबैले प्रशंसा गरिरहेका छन् । यसका साथै दक्षिणमा पनि जवानले धेरै माया पाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको