३ पुस २०८२, बिहिबार | December 18, 2025

१९ औं एसियाली खेलकुद क्रिकेट : माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो । माल्दिभ्सले पनि आफ्नो पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।

नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । मंगोलियाविरुद्धको खेलमा ११ वटा विश्व कीर्तिमान बनाएको नेपाल माल्दिभ्सविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहरा, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : १३ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित