२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मान



काठमाडौं। चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन्। बुधबार पदक विजेता खेलाडीको सम्मानमा बोल्दै उनले आफूले बिदाइ गर्दा महिला सहभागिताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएको बताए।

प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए। उनले भने, ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौँ, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ४९ बजे

सातु र सर्वत बितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया

बुटवल । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

स्रोत नखुलेको झन्डै १ करोड रकम सहित रुपन्देहीका समिर र मिलन काठमाडौंमा पक्राउ

काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा