२५ माघ २०८२, आइतबार | February 8, 2026

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य, आज पनि रोहित-कुशलको उत्कृष्ट ब्याटिङ



काठमाडौं । चीनको जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत टी-२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा अविजित ४७ रन बनाए ।

कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।

नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।

नेपाल लगातार दोस्रो जित निकाल्दै सहजै क्वाटरफाइनलको यात्रा गर्न चाहन्छ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७४ रनको कीर्तिमानी जित निकालेको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल माल्दिभ्सविरुद्ध पनि कीर्तिमानी जित हात पार्ने दाउमा छ । माल्दिभ्सविरुद्धको जितपछि नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमसँग खेल्ने मौका पाउनेछ ।

क्वाटरफाइनल खेल मंगलबारदेखि सुरु हुनेछन् । यस्तै, सेमिफाइनल ६ अक्टोबर तथा फाइनल खेल ७ अक्टोबरमा हुनेछ । हालसम्म नेपालले सेमिफाइनलसमेत पुग्न सकेको छैन । तर, यसपटक भने उच्च लयमा रहेको नेपालले पदक जित्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ४२ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि