३ पुस २०८२, बिहिबार | December 18, 2025

१९ औं एसियाली खेलकुद : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत विरुद्ध टस हारेको छ ।

झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा भएको टसमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाली टोलीमा करण केसी र अभिनास बोहरा टिममा रहँदा विनोद भण्डारी र ललित राजवंशी बेन्चमा रहेका छन् ।

नेपालले समूहचरणमा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनको विश्व कीर्तमानी स्कोरले हराउँदै क्वाटरफाइनल प्रवेश गर्दा भारतले भने सिंधै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

भारतले आफ्नो दोस्रो रोजाइको टिम चीनमा पठाएको छ । ऋतुराज गायकवाडको कप्तानीमा रहेको टिममा अधिकांस खेलाडीले राष्ट्रिय टिमको अनुभव बटुलिसकेका छन् । साथै आइपिएलमा धुवाँधार प्रदर्शन गरेकाले भारतीय टिम उपाधि दाबेदार हो । नेपालले टी-२० अन्तराष्ट्रियमा पहिलो पटक भारत विरुद्ध खेल्न लागेको हो ।

नेपाल लगातार दोस्रो महिना भारतसँग खेल्न लागेको हो । अघिल्लो महिना एसियाकप क्रिकेटमा नेपालले एकदिवसीय खेलमा भारत र पाकिस्तानको सिनियर टिमसँग प्रतिस्पर्धा गरेको थियो ।

क्वाटरफाइनलमा सबै टेस्ट टिमले सोझै स्थान बनाउँदा सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली पठाएका छन् ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५३ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको