१४ चैत्र २०८२, शनिबार | March 29, 2026

‘ॐ’ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय भ्रामक र तथ्यहीन प्रचारबाजी : पूर्वशिक्षामन्त्री शर्मा



काठमाडौं । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ‘ॐ’ शब्दलाई शब्दकोषबाट हटाएको भन्ने प्रचारवाजीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै आफु शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी भएको टिप्पणी गरेका हुन् ।

शर्माले आफ्नो कार्यकालमा त्यसप्रकारको कुनै निर्ण नभएको स्पष्ट पारेका छ्न । उनले भनेका छन्, ‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन । वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

शर्माले संघीयता विरोधी अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काइरहेको भन्दै सचेत हुन आग्रह समेत गरेका छन् । शर्माले भनेका छन्, ‘संघीयता विरोधी केही अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ४५ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको