४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘ॐ’ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय भ्रामक र तथ्यहीन प्रचारबाजी : पूर्वशिक्षामन्त्री शर्मा



काठमाडौं । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ‘ॐ’ शब्दलाई शब्दकोषबाट हटाएको भन्ने प्रचारवाजीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै आफु शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी भएको टिप्पणी गरेका हुन् ।

शर्माले आफ्नो कार्यकालमा त्यसप्रकारको कुनै निर्ण नभएको स्पष्ट पारेका छ्न । उनले भनेका छन्, ‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन । वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

शर्माले संघीयता विरोधी अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काइरहेको भन्दै सचेत हुन आग्रह समेत गरेका छन् । शर्माले भनेका छन्, ‘संघीयता विरोधी केही अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको