१५ बैशाख २०८१, शनिबार | April 27, 2024

दुइ दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक बस्दै



हेटौंडा । विवादका बिचमा दुइ दिन देखी स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

प्रतिपक्षी नेकपा एमालेले विरोध जनाए पछि सोमवार देखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठकमा एमालेले अवरोध गरे पछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएको थियो ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अवरोध गरेको थियो । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियो तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएको हो ।

सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने आफु  समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका हुन् ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो । अब प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ४३ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको