२३ चैत्र २०८२, सोमबार | April 6, 2026

दुइ दिनदेखि स्थगित बागमती प्रदेशसभा बैठक बस्दै



हेटौंडा । विवादका बिचमा दुइ दिन देखी स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

प्रतिपक्षी नेकपा एमालेले विरोध जनाए पछि सोमवार देखि बैठक सुचारू हुन सकेको छ । सोमबारको बैठकमा एमालेले अवरोध गरे पछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएको थियो ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले सोमबारको बैठकमा अवरोध गरेको थियो । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियो तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएको हो ।

सो विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने आफु  समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका हुन् ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो । अब प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ४३ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु