१० चैत्र २०८२, मंगलबार | March 24, 2026

युवा उद्योगी सुरज भट्टराईले बुटवल उद्योग वाणिज्य संघको अधिवेशनमा उद्योग उपाध्यक्षमा उम्मेदवारी दिदैैं



बुटवल । असोज १९ गते देखि सुरु हुन लागेको बुटवल उद्योग वाणिज्य संघको अधिवेशनलाई लिएर व्यवसायी बीच विभिन्न अडकल बाजी भइरहेका छन् ।

७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । दुवैले आफ्नो माहोल बनाउन व्यवसायी भेटघाट देखि छलफल गरिरहेका छन् ।

यसैबीच हरि अर्यालको प्यानलबाट औषधि व्यावसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष उद्योगी सुरज भट्टराईले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । व्यवसायी माझ सरल व्यक्तित्वको पहिचान बनाएका भट्टराईले दुई कार्यकाल उद्योग बाणिज्य संघको कार्य समिति पद रहि कार्य सम्पादन गरिसकेका छन् ।

ग्रेस फार्मास्युटिकल्स प्रा।लिका प्रबन्ध निर्देशक रहेका सुरजभट्टराईले व्यवसायीका समस्या बुझेको र त्यसको समधान गर्न आफु योग्य भएकै कारण उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको बताए । औषधि व्यवसायी संघ रुप्न्देहीमा अध्यक्ष रहदा संस्थालाई गतिशिल बनाउंदै व्यवसायीक एकता कायम गरेका भट्टराई अन्य विभिन्न संघ संस्थामा रहेर काम गरेका छन् ।

वित्तिय क्षेत्रमा पनि उत्तिकै चासो राख्ने भट्टराई २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण सहकारीको अध्यक्ष समेत हुन । व्यवसायीलाई परेका हरेक समस्यामा साथ दिदै आएका भट्टराई उद्योगी व्यवसायी माझ मिलनसार, भद्र, सफल व्यक्तित्व, योजना तर्जुमा गर्न सक्ने सक्षम व्यक्तित्व पहिचान बनाएका छन् ।

‘मैले व्यवसायीका समस्या बुझेर त्यसको समधानको पहल कदमी गर्नेछु । केही नितीगत व्यवसायी मैत्री काम गर्न सरोकारवालामा पुगेर छलफल र संवाद बाट निचोड निकाल्ने छु । त्यसैले पनि उद्योगी व्यवसायीको साथ मलाई चाहिएको छ’ उनले भने ।

औषधि उत्पादकहरुको संस्था एम्पानको केन्द्रीय सल्लाहकार समेत रहेका भट्टराई १२ वर्ष देखि क्रिमशन अस्पताल र क्रिमशन कलेजको सञ्चालक समितिमा छन् । उनले उद्योगको अलवा २८ बर्ष देखि बुटवलमा सनराईज मेडिसिन सप्लार्यस समेत सञ्चालन गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : २५ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको