१३ पुस २०८२, आइतबार | December 28, 2025

कांग्रेस सांसद प्रदीप पौडेलको आरोप – सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन



काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्को रुपमा वृद्धि भइरहेको मूल्यवृद्धि सरकारले नियन्त्रण गर्न नसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले १४ प्रतिशतले मूल्यवृद्धि भइसक्दा पनि सरकारले नियन्त्रणका लागि उपस्थिति नदेखिएको बताए ।

आर्थिक मन्दीका कारण ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको जानकारी दिँदै उनले भने, ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइनले चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य आकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ ।’

सबै वस्तुमा मूल्यवृद्धि भएको र यसलाई नियन्त्रण गर्न नसक्दा सरकारप्रतिको भरोसा बढ्न नसकेको भन्दै उनले भने, ‘सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो।’

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ०६ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,