१६ पुस २०८२, बुधबार | January 1, 2026

मनाङमा भिरबाट खसेर विदेशी नागरिकको मृत्यु



लमजुङ । मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय पुरुष चाल्स केथ डेभिज रहेका छन् ।

उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए ।

बेसीशहर-चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा-३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागी मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।

राती करिब ३ बजे अस्पताल लगिएकोमा अस्पतालका डाक्टरले सवा ३ बजे उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी इन्सपेक्टर पुष्कर कार्कीले जानकारी दिए ।

डेभिजको शवलाई पेष्टमार्टमको लागी एयर डाइमेक्टिक हेलिकप्टर मार्फत बिहिबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ३० बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा