६ पुस २०८२, आइतबार | December 22, 2025

पाकिस्तानमा ७२ वर्षसम्म बन्द रहेको हिन्दु मन्दिरमा पूजापाठ सुरु



काठमाडौं। जब भारत-पाकिस्तान विभाजन भयो, त्यसपछि पाकिस्तानमा हिन्दूहरूको अवस्था नाजुक हुन थालेको हो ।

आज स्वतन्त्रताका बेला भएका मन्दिरमध्ये आधा पनि बाँकी छैनन् । तीमध्ये धेरैजसो भत्किएका छन् र केही यथावत राखिएका छन्, जसका कारण तिनीहरू भग्नावशेष बनेका छन्। यससँगै पाकिस्तानमा केही विशेष मन्दिर पनि बन्द भएका छन् ।

यस्तै एउटा मन्दिर पाकिस्तानको सियालकोटमा छ, जुन केही वर्षअघि खोलिएको थियो। सबैभन्दा अचम्मको कुरा त यो मन्दिर विगत ७२ वर्षदेखि बन्द राखियो र पछि खोलियो ।

यस मन्दिरको संरचना हेर्दा कति विशेष छ भन्ने अनुमान लगाउन सकिन्छ । ठूला ढुङ्गाले बनेको यस मन्दिरमा अचम्मको नक्काशी गरिएको छ । यो सानो शिवालय भए पनि यसको भव्यता हेर्दा जुनसुकै ठूलो मन्दिरसँग तुलना गर्न सकिन्छ । सबैभन्दा मुख्य कुरा यो हो कि यति वर्षसम्म बन्द हुँदा पनि यस मन्दिरको पर्खालमा कुनै असर परेको छैन, यसको अवस्था अहिले हेर्दा त्यो समयका मन्दिरहरू कति मजबुत भएका थिए भन्ने अनुमान गर्न सकिन्छ ।

यस मन्दिरलाई पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले ७२ वर्षपछि सन् २०१९ मा खोलेका थिए। यस मन्दिरको नाम शिवला तेजा सिंह मन्दिर हो। अहिले यस मन्दिरमा देवीदेवताको मुर्ति स्थापना गरी पुनः पूजाआजा सुरु भएको छ । समाचारहरु अनुसार जब मन्दिर खोलियो, त्यहाँ उपस्थित सबैले हर हर महादेवको नारा लगाउन थाले। यी नाराहरू यति चर्को थिए कि तिनीहरूको प्रतिध्वनि धेरै टाढासम्म पुगेको थियो।

अहिले यस मन्दिरमा नियमित पूजापाठ हुन थालेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : ५४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको