२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपालमा सम्भावना नै सम्भावना मात्र छ : अध्यक्ष ढकाल



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना नै सम्भावना मात्र रहेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना रहेको बताए ।

खाली स्थान, अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरु धेरै भएको उनले बताए । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायनमान गर्ने सम्भावना रहेको समेत बताए ।

आफु शुन्य बाट उठेर विभिन्न व्यवसायिक घरनाको नेतृत्व गरेको स्मरण गर्दै उनले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको उनले बताए ।

साथै उनले उद्योगीहरुले भोग्दै आएको ट्रंक लाईनको विषय प्रधानमन्त्री स्तर सम्म पुगेर छलफल भइरहेको समेत बताए । व्यवसायीहरुले विद्युत्त उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आए पश्चात यस बारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युक्त प्राधिकरणका प्रतिनिधीहरु सहित छलफल भएको र लाईन काट्ने निर्णय बाट पछि सरकार हटेको उनले बताए ।

अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताउँदै नेपालमा अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा नीति क्षेत्रका कारण नआएको भन्दै अब यो मन्दी विस्तारै लयमा आउने समेत विश्वास व्यक्त गरे ।

‘पर्यटकहरु आउने संख्या बढ्दै गएको छ । बैंकहरु लगानी गर्न ईच्छुक देखिएका छन् । अब केही सुधारको संकेत देखिदैछ । जग्गा कित्ता खुल्लाका साथै मौद्रीक नीतिमा पनि सुधार भएको छ’ उनले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगाएतले बोल्दै आर्थिक चलायन गराउन नीजि क्षेत्रसंग हातेमालो गर्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : ३२ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं