७ श्रावण २०८३, बिहिबार | July 24, 2026

शुभकामना सहकारी राज्यको तीन खम्बा मध्यको सफल एक खम्बा : पालिका अध्यक्ष बिक



खजुरा । नाफा आर्जन गर्न नसकेर धमाधम सहकारीका संचालकहरु पलायन भइरहेका बेला बाँकेको खजुरामा प्रधान कार्यालय रहेको शुभकामना बहुउद्देशीय सहकारी संस्थाले नाफा कमाउँदै गएको छ । गत आर्थिक वर्षमा मात्र शुभकामना सहकारीले ५ लाख ८१ हजार खुद मुनाफा कमाएको छ ।

१६ औं वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार आर्थिक वर्ष ०७८/७९ भन्दा ६३ दशमलव ९२ प्रतिशत नाफा बृद्दी गरि ५ लाख ८१ हजार खुद मुनाफा हुन गएको हो । ५१ लाख ४५ हजार शेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा १ करोड ६३ लाख बढी निक्षप संकलन गरि २ करोड ११ लाख लगानी गर्न सफल भएको छ ।

साधारणसभाको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले उदघाटन गर्दै राज्यको तीन खम्बे अर्थनिती आनुसार शुभकामना सहकारीले एउटा खम्बाको जिम्मेवारी पुरा गरेको बताए । आर्थिक मन्दीका कारण आर्थिक गतिबिधिमा कमी आएका बेला पनि सहकारीले नाफा कमाउन सक्नु सकारात्मक भएको बताउँदै अध्यक्ष बिकले उत्पादन र उपकरणको प्रस्तावना लिएर आए स्थानीय सरकार सहकारीसँग सहकार्य गर्न तयार रहेको बताए । खजुरालाई खाने तेलमा आत्मनिर्भर बनाउन सहकारीले कदम चाले पालिकाबाट सहयोग हुने उनले प्रतिबद्धता ब्यक्त गरे ।

गाँउ पालिकाकी उपाध्यक्ष मन्जु मल्लले टोलछिमेकको सहकारीको सफलताले आफु पनि उत्साहित बनेको बताउँदै अझै उन्नती र प्रगतिको शुभकामना ब्यक्त गरिन् ।

योगनाथ पौडेलको अध्यक्षतामा भएको साधारणसभाको अवसरमा सबैभन्दा बढी निक्षप जम्मा गर्ने, समयमा कर्जा चुक्ता गर्ने, दैनीक जम्मा योजनामा नियमित रकम जम्मा गर्ने सहकारीका शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

२०५४ सालमा मित्रलाल शर्माको अध्यक्षतामा मेचीकाली बचत समुहबाट संगठीत भएका खजुराको बचतकर्ताहरुको समुहले २०६५ सालमा स्थानीय शिक्षबिद ऋषिराम सापकोटाको अध्यक्षतामा शुभकामना बहुउद्देशीय सहकारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : २८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी