२१ माघ २०८२, बुधबार | February 4, 2026

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते



काठमाडौं । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

शनिबार तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटना पर्दा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका-६ की ४० वर्षीया अनिता बोहरा रहेकी छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ४१ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु