१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सल्यानमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते



सल्यान । सल्यानमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

बिहान ६४० बजे कुमाख गाउँपालिका वडा नंको ७ जिमालीस्थित भित्री सडकखण्डमा सो दुर्घटना भएको थियो । डुमकोटबाट शारदा नगरपालिका वडा नं ११ स्थित खैराबाङको मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट झन्डै एक सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुमाख गाउँपालिका वडा नं. ७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेको १७ जनालाई उद्धार गरि जिल्ला अस्पताल खलंगा पठाइएको प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ५८ बजे

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल

आज अन्तरराष्ट्रिय ज्याज दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक