२४ बैशाख २०८१, सोमबार | May 7, 2024

अन्नपूर्ण न्यूरो अस्पतालसंगको सहकार्यमा अव नेपालगन्जबाटै उच्च स्तरको न्यूरो सर्जरी सेवा



नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज र अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्स काठमाडौंबीच नेपालगन्जबाटै उच्च स्तरको न्यूरो सर्जरी सेवा प्रदान गर्ने गरि सम्झौता भएको छ ।

मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्सका अध्यक्ष डा. बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात दसै लगत्तै उच्च स्तरको न्यूरो सर्जरी सेवा सञ्चालनमा ल्याउने जनाइएको छ ।

मेडिकल कलेजले न्यूरो सर्जरी सेवा प्रदान गर्दै आएकोमा थप दक्ष जनशक्ती र अत्याधुनिक प्रविधिमार्फत उच्च स्तरको सेवा प्रदान गर्न लागिएको मेडिकल कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए । मेडिकल कलेज र डिपार्टमेन्ट अफ न्यूरोसाइन्सको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपले सेवा सञ्चालन हुने सहायक निर्देशक कनोडियाले बताए ।

सहमती अनुसार मेडिकल कलेजमा अन्नपूर्ण न्यूरोका तर्फबाट ३ जना सिनियर र न्यूरो विशेषज्ञ तथा दुई रेसिडेन्ट खटाइनेछ, यसरी खटाइएका न्यूरो टिमलाई मेडिकल कलेजले हरेक महिनाको आपसी सहमती अनुसार मासिक तलब दिने छ भने ती चिकित्सकहरुले प्राईभेट काम गर्न पाउने छैनन् ।

सम्झौता पत्रको हस्ताक्षर कार्यक्रममा बोल्दै मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडियाले यो सेवा सुरु भएपछि उच्च स्तरको र गम्भिर खालको न्यूरो सर्जरी पनि नेपालगन्जमै सम्भव हुने बताए । न्यूरो सर्जरी सेवालाई बिस्तारै विकास गर्दै लैजाने लक्ष्य अनुसार सम्झौता गरिएको उनले जानकारी दिए ।

अन्नपूर्ण न्यूरोलोजिकल इष्टिच्युट एण्ड अलाइड साइन्सका अध्यक्ष डा. पन्तले आफुसँग लामो समयसम्म सँगै बसेर काम गरेका अनुभवी डाक्टरले अब मेडिकल कलेजमा उच्च स्तरको सेवा प्रदान गर्ने जनाए । उनले अन्नपूर्णले ले प्राविधिक सहयोग मात्र गरेको बताउँदै सेवाका लागि सबै लगानी नेपालगन्ज मेडिकल कलेजले गरेको उल्लेख गरे ।

यस क्षेत्रका बिरामीलाई मेडिकल कलेजले नै उच्च स्तरको गुणस्तरिय सेवा दिनुपर्ने डा. पन्तले बताए । उनले मेडिकल कलेजले पश्चिममा राम्रो काम गरिरहेको भन्दै प्रशंसा पनि गरे । मेडिकल कलेजले आधुनिक उपकरण ल्याउन उनले सुझाव दिए ।

कार्यक्रममा मेडिकल कलेज, अन्नपूर्ण न्यूरो अस्पताल तथा नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ०० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,