२६ माघ २०८२, सोमबार | February 9, 2026

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षका लागी श्रेष्ठ र अर्यालले गरे उम्मेद्वारी दर्ता

वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी परेको छ ।संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ ।

अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको उम्मेदवारी परेको हो । श्रेष्ठ मौजुदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुन ।

वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको उम्मेदवारी परेको हो ।

त्यस्तै उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम विक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल र प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा भेषराज गैरे र प्रतिक पोखरेल तथा सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल (सविता) र जाकिर हुसेनको उम्मेदवारी परेको छ । एक एशोसियट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको छ । एशोसियट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको उम्मेदवारी परेको छ ।

त्यसैगरी ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्य पदमा निर्मित कसजू, सुमोदमान सैंजू, सुर्य पराजुली, कृष्णप्रसाद पाण्डे, दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, सुनिता शर्मा बञ्जाडे र नेत्रप्रसाद पाण्डेको उम्मेद्वारी परेको छ ।

४ वाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा टिकाराम बञ्जाडे, त्रिविक्रम श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), रामबहादुर भण्डारी, गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, लोकनाथ पाण्डे, र सतिष कसौधनको उम्मेदवारी परेको छ ।

७ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा नारायणप्रसाद श्रेष्ठ, इञ्जल महमद मिया (अञ्जिल), प्रदिप शाक्य, दीप आचार्य, विष्णुप्रसाद पौडेल, विनय कसौधन, लक्ष्मण ज्ञवाली, बिष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, जगन्नाथ न्यौपाने, नारायण रायमाझी, माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यको उम्मेदवारी परेको छ । २ महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा रेनु श्रेष्ठ, सुनिता गिरी, नमकला वेलवासे (शारदा) र जमुना पौडेलको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ०२ बजे

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद