२१ भदौ २०८३, आइतबार | September 7, 2026

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न पहिलो खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १६३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले अविजित अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए भने कामिन्दु मेन्डिसले ४४ रनको योगदान दिए ।

१६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १९ ओभर ५ बलमा १४३ रनमै अलआउट भयो । आयरल्यान्डको इनिङ्स ध्वस्त पार्न श्रीलंकाका बलरहरू प्रभावशाली देखिए ।

बलिङतर्फ वानिन्दु हसरंगा र महिष थिक्षाणाले समान तीन-तीन विकेट लिँदै आयरल्यान्डको ब्याटिङ लाइनअप तहस-नहस पारे । अन्य बलरहरूले पनि अनुशासित बलिङ प्रदर्शन गरे ।

यो जितसँगै आयोजक श्रीलंकाले विश्वकपमा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : २३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त