१ चैत्र २०८२, आइतबार | March 15, 2026

नेपाल–भारत परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न



काठमाडौं । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ ।

बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गानाले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए । दुवै प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागिता थियो ।

द्विपक्षीय सुरक्षा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले २० वर्षअघि नेपाल–भारत द्विपक्षीय परामर्श समूह गठन भएको हो । सुरक्षासम्बन्धी सहकार्य गर्ने भारत र नेपालबीचको यो एउटा महत्वपूर्ण संस्थागत संयन्त्र हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : ४२ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च