११ असार २०८३, बिहिबार | June 26, 2026

नेपाल–भारत सीमा सुरक्षा बैठक : अयोध्यामा आयोजना हुने प्राणप्रतिष्ठामा केन्द्रित



लुम्बिनी । नेपाल–भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने र सबै प्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रका जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा भारतीय सीमा क्षेत्रका जिल्ला महाराजगञ्ज र सिद्धार्थनगरका जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको आज रुपन्देहीमा बसेको संयुक्त बैठकले सीमा क्षेत्रमा हुने हतियार तस्करी, लागुऔषध ओसारपसार, मानवबेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सबै प्रकारका कानुन परिपालन गराउने र सूचना आदानप्रदान गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

नेपाल–भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा लागुऔषध, हतियार, सीमा सडक, मानव तस्करी, सीमावर्ती दशगजा क्षेत्रमा सञ्चालित साप्ताहिक हाटबजारका कारण नेपालको राजस्व तथा व्यापारमा परेको नकारात्मक प्रभाव र हाटबजारमा भीडभाड भएको मौका छोपेर गलत क्रियाकलाप हुने सम्भावना आपाराधिक गतिवधिलाई बढावा पुग्ने सम्भावना देखिएकाले त्यसलाई हटाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

सीमा क्षेत्रमा आपाराधिक गतिविधि नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने विषय, भारतीय भूमिमा रहेका औषधि पसलबाट नेपालतर्फ निर्वाधरुपले भित्रिने लागुऔषधको रुपमा प्रयोग हुने औषधि बिक्री हुने कार्यलाई नियन्त्रण गर्न नेपाल पक्षबाट आग्रह गरिएको उनले जानकारी दिए ।

उनले भारतको अयोध्यामा आयोजना हुने प्राणप्रतिष्ठाका समयमा नेपालका तर्फबाट शान्ति सुरक्षाको व्यवस्थापन, भारतमा यसवर्ष हुने आम निर्वाचनका समयमा सीमा क्षेत्र बन्द लगायतका विषयमा अनुरोध गरिएको र नेपाल पक्षबाट कानुनसम्मत ढङ्गले सहयोग हुने विश्वास दिलाएको बताए ।

प्रजिअ अर्यालले पछिल्लो समय भारतबाट आउने व्यक्तिमा कोरोनाको नयाँ भेरियन्ट देखापरेको विषयमा सीमा क्षेत्रमा सतर्कतासँगै सावधानी अपनाउने र सीमामा जाँचमा कडाइ गरिएको बताए ।

बैठक पश्चात भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका भारत महाराजगञ्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी अनुनय झाले सीमा क्षेत्रबाट हुने अवैध व्यापार, मानव बेचविखन ओसारपसार, दशगजा क्षेत्रमा भएका अतिक्रमण कसरी हटाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतीय प्रतिनिधिमण्डलका तर्फबाट यसवर्ष भारतमा हुने निर्वाचन र अयोध्यामा श्रीराम मन्दिरमा जनवरी २२ मा आयोजना हुने प्राण प्रतिष्ठानको समयमा कानुनअनुसार कडाइ गर्ने मुख्य दुई विषय उठान गरिएको बताए ।

उनले बैठकमा दुवै पक्षबाट बैठकमा उठेका विषयमा समान धारणा बनेकाले बैठक सफल भएको बताए । उनले सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसारको समस्यालाई समाधान गर्न दुवै देशका सीमामा रहेका संयुक्त सुरक्षा फौज, दुवै देशका सीमा क्षेत्रका जिल्ला प्रशासन कार्यालयलगायत सरकारी निकायबीच समयमा सूचना आदानप्रदान गर्ने र कानुन कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मा, नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विक, कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी रुपन्देहीका वरिष्ठ प्रहरी उपरीक्षक दीपककुमार थापा, कपिलबस्तुका सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक जीवन केसी, नवलपरासीका धीरेन्द्रराज न्यौपाने लगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

यसैगरी भारतीय पक्षबाट महाराजगञ्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) झाको नेतृत्वमा सिद्धार्थनगर जिल्लाका डिएम पवन अग्रवाल, महाराजगञ्जका प्रहरी प्रमुख सोमेन्द्रा मिरन, सिद्धार्थनगरका प्रहरी प्रमुख प्राची सिंहलगायत अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : ५४ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा