८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

हिमाली पदयात्रामा पर्यटक बढ्दै



रसुवा । हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ ।

गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् ।

ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत रु ४५ लाख आय भएको निकुञ्जका अभिलेखकर्ता रेञ्जर सुनिल राउतले जाकारी दिए ।

निकुञ्जले लठ्ठीका लागि बनस्पति नकाट्न, फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, पैदल मार्गमा भेटिने वन्यजन्तुलाई नहिर्काउन र नलखेट्न पर्यटकलाई अनुरोध गरेको छ ।

पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले गोसाइँकुण्ड तथा तामाङ सम्पदा र लाङटाङ आउने पर्यटकको खानेवस्ने व्यवस्थाको लागि होटलको सुदृढीकरण एवं खाद्यान्न भण्डारण समेत सम्पन्न भइसकेकाले निर्धक्क साथ यात्रा गर्न सबै पर्यटकलाई अनुरोध गरे ।

यस्तै चालु आवको गत साउनदेखि यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रु एक करोड राजस्वसमेत आर्जन गरेको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटलको बक्यौता तथा गत आवमा हेलिकप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।

रसुवाको भ्रमणमा आउने पर्यटकलाई उकाली, ओराली, भञ्ज्याङ चौतारीजस्ता पैदलमार्ग, स्थानीय कृषिउपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, भेष वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउँदछ । संघीय राजधानी काठमाडौँबाट रसुवा छोटो दूरीको मार्ग भएका कारण पर्यटक पहिलो भ्रमण रोजाइँ रसुवा पर्ने गरेको छ ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : ३४ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली