२९ मंसिर २०८२, सोमबार | December 15, 2025

इजरायलमा रहेका नेपालीबारे निर्णय गर्न परराष्ट्र मन्त्रालयमा बैठक



काठमाडौं । इजरायलमा जारी युद्धमा परेका नेपालीबारे आवश्यक निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक बसिरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा आइतबार गठन भएको समन्वय संयन्त्रको बैठकमा इजरायलमा फसेका नेपालीको पहिचान र उद्धारको लागि निर्णय हुने बताइएको छ ।

संयन्त्रले युद्धग्रस्त क्षेत्रको अनुगमन र त्यहाँको वस्तुस्थितिको समग्र मूल्याकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरू गर्ने म्यान्डेड पाएको छ ।

प्यालेष्टायनी विद्रोही समुह हमासले गरेको आकस्मिक आक्रमणमा इजरायलमा अध्ययनरत १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना सम्पर्कबिहीन भएका छन् । इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ०१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले