२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

इजरायल घटनाका मृतकको शव तत्काल स्वदेश ल्याउन एमालेको माग



काठमाडौं। नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।

‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ,’ सोमबार अध्यक्ष केपी शर्माले ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीले हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन् ।

साथै उनले घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि फेरि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन् ।

विज्ञप्ति:

२२ असोज, २०८०

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ । निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ ।

नेकपा ९एमाले० घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ । यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेका छन् । कयौं अफ्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेका छन् ।

हामी यस घटनाबाट ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु ।

घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म फेरि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ५१ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो