१२ माघ २०८२, सोमबार | January 26, 2026

सरकारबाट मंगलबार राष्ट्रिय शोक घोषणा, इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १० लाख राहत

सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने



काठमाडौं । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको पनि जानकारी दिइन् ।

बैठकले मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने निर्णय पनि गरेको उनले बताइन् ।

इजरायलमा गत शनिबार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० जना विद्यार्थीको ज्यान गएको छ भने एकजना बेपत्ता छन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ०१ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा