१० चैत्र २०८२, मंगलबार | March 24, 2026

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी जारी, ३२ नेपालीलाई सुरक्षित स्थानमा सारियो (नामावलीसहित)



काठमाडौं । तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको छ भने अहिले सम्म सम्पर्कमा आएका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

“हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बंकरबाट सुरक्षित स्थान सारिएकाहरुमा रमेशबहादुर कार्की, विनोद प्रसाद शाह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकेन्द्र विष्ट, रोहित नायक, निरञ्जन कुमार कुसहवा, अरविन कुमार चौधरी, उपेन्द्र जिसी, ओमप्रकाश उपाध्याय, गणेश साउद, बादल सुवेदी, प्रविण जिसी, गणेशप्रसाद जोशी, नविन घिमिरे, श्रेया तिवारी रहेका छन् ।

त्यसैगरि विपना जोशी, नारायण भुसाल, मनिषा खनाल, लुईस रिजाल, प्रमोद भट्ट, अनुप अधिकारी, समपर्ण आचार्य, निश्चल पाण्डे, बिभुसा अधिकारी, सुस्मा रेग्मी, रचना चौधरी, आशा मिश्र, कल्पना जोशी, शिला कुमारी यादव, साधना बोहरा र बिपिन सुवेदीलाई पनि बंकर र कृषि फर्महरुबाट उद्दार गरि सुरक्षित स्थानमा सारिएको छ ।

नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलन लागि अनलाइन रजिष्ट्रेसन सुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : २० बजे

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।