२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासत ढल्यो, हरि अर्याल अधिकांस प्यानलसहित विजयी



बुटवल । बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासतको अन्त्य गर्दै संस्थापनको विपक्षका उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै हरि प्रसाद अर्याल विजयी भएका छन् ।

अर्याल ७७६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी श्रेष्ठले ६८९ मत प्राप्त गरे । बरिष्ठ उपाध्यक्षमा यस अघि नै टंकप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फको उपाध्यक्षमा अर्याल प्यानलबाटै सुरज भट्टराई ७७८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नविन प्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे । त्यसैगरि बाणिज्य तर्फको उपाध्यक्षमा पनि यस अघि नै विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा कोषध्यक्षमा ८०९ मतका साथ बसन्त प्रसाद ढकाल विजयी भएका छन् । त्यसैगरि सचिवमा भने अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।

सहकोषध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी भइन् । उनी पनि अर्याल प्यानलबाट उम्मेदवार बनेकी थिइन् । एशोसियटमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्य तर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।

खुल्ला तर्फ सदस्यमा विष्णु घिमिरे(पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७० वर्षको इतिहासमा संस्थापनको विपक्षमा उम्मेदवारी दिएर प्यानलसहित विजयी भएको यो नै पहिलो परिणाम भएको संघका एक पूर्व अध्यक्षले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ०६ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न